१ कार्तिक २०८३, आइतबार । October 18, 2026

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा


३ फाल्गुन २०८२, आइतबार  

9
Shares

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल दुई पटकको च्याम्पियन वेस्ट इन्डिज सँग पराजित हुँदै प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ।

लगातार तीन खेल जित्दै वेस्ट इन्डिज सुपर एटमा पुग्ने पहिलो टोली बनेको छ भने तीनै खेलमा हार बेहोरेपछि नेपाल प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बन्यो। नेपाल यसअघि इंग्ल्याण्ड र इटली सँग पनि पराजित भएको थियो। समूह ‘सी’ मा वेस्ट इन्डिज अपराजित रहँदै ६ अंकसहित शीर्ष स्थानमा छ।

इंग्ल्याण्ड दुई जित र एक हारसहित ४ अंक लिएर दोस्रो स्थानमा छ भने स्कटल्याण्ड र इटली समान २–२ अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन्। अब इंग्ल्याण्ड र वेस्ट इन्डिजले इटलीसँग खेल्न बाँकी छ। इंग्ल्याण्डले इटलीलाई हराए सुपर एटमा स्थान सुरक्षित गर्नेछ, जबकि इटलीका लागि बाँकी दुवै खेल जित्नुपर्ने दबाब छ।

नेपाल भने तीनै खेलमा पराजित हुँदै अंकविहीन बनेको छ। मंगलबार स्कटल्याण्डविरुद्ध हुने अन्तिम खेल नेपालका लागि प्रतिष्ठाको लडाइँ मात्र हुनेछ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  २ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि