१३ चैत्र २०८२, शुक्रबार । March 28, 2026

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा


३ फाल्गुन २०८२, आइतबार  

9
Shares

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल दुई पटकको च्याम्पियन वेस्ट इन्डिज सँग पराजित हुँदै प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ।

लगातार तीन खेल जित्दै वेस्ट इन्डिज सुपर एटमा पुग्ने पहिलो टोली बनेको छ भने तीनै खेलमा हार बेहोरेपछि नेपाल प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बन्यो। नेपाल यसअघि इंग्ल्याण्ड र इटली सँग पनि पराजित भएको थियो। समूह ‘सी’ मा वेस्ट इन्डिज अपराजित रहँदै ६ अंकसहित शीर्ष स्थानमा छ।

इंग्ल्याण्ड दुई जित र एक हारसहित ४ अंक लिएर दोस्रो स्थानमा छ भने स्कटल्याण्ड र इटली समान २–२ अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन्। अब इंग्ल्याण्ड र वेस्ट इन्डिजले इटलीसँग खेल्न बाँकी छ। इंग्ल्याण्डले इटलीलाई हराए सुपर एटमा स्थान सुरक्षित गर्नेछ, जबकि इटलीका लागि बाँकी दुवै खेल जित्नुपर्ने दबाब छ।

नेपाल भने तीनै खेलमा पराजित हुँदै अंकविहीन बनेको छ। मंगलबार स्कटल्याण्डविरुद्ध हुने अन्तिम खेल नेपालका लागि प्रतिष्ठाको लडाइँ मात्र हुनेछ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  २ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र