२ कार्तिक २०८३, सोमबार । October 19, 2026

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल


३ फाल्गुन २०८२, आइतबार  

12
Shares

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाल ले वेस्ट इन्डिज विरुद्ध टस हारेको छ ।

खेल वानखेडे स्टेडियम मा जारी छ। वेस्ट इन्डिजका कप्तान शाइ होप ले टस जितेर पहिले बलिङ रोजेका हुन्। आजको खेलका लागि नेपालले प्लेइङ–११ मा एक परिवर्तन गरेको छ। ललित राजवंशी को स्थानमा सोमपाल कामी टोलीमा समावेश भएका छन्। समूह चरणका सुरुवाती दुई खेल गुमाइसकेको नेपालका लागि आजको खेल अत्यन्त महत्वपूर्ण बनेको छ।

प्रतियोगितामा टिकिरहन नेपालले बाँकी खेल जित्नैपर्ने अवस्था छ। उता वेस्ट इन्डिज भने लगातार दुई जितसँगै सुपर–८ प्रवेश नजिक पुगेको छ। नेपालविरुद्धको खेल जितेमा वेस्ट इन्डिजले अर्को चरणको यात्रा पक्का गर्नेछ। यदि आज पराजित भए नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिनेछ।

बाँकी खेल जिते पनि नेपालको सम्भावना अन्य टोलीको नतिजामा निर्भर रहनेछ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  १० : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि