१३ चैत्र २०८२, शुक्रबार । March 28, 2026

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल


३ फाल्गुन २०८२, आइतबार  

12
Shares

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाल ले वेस्ट इन्डिज विरुद्ध टस हारेको छ ।

खेल वानखेडे स्टेडियम मा जारी छ। वेस्ट इन्डिजका कप्तान शाइ होप ले टस जितेर पहिले बलिङ रोजेका हुन्। आजको खेलका लागि नेपालले प्लेइङ–११ मा एक परिवर्तन गरेको छ। ललित राजवंशी को स्थानमा सोमपाल कामी टोलीमा समावेश भएका छन्। समूह चरणका सुरुवाती दुई खेल गुमाइसकेको नेपालका लागि आजको खेल अत्यन्त महत्वपूर्ण बनेको छ।

प्रतियोगितामा टिकिरहन नेपालले बाँकी खेल जित्नैपर्ने अवस्था छ। उता वेस्ट इन्डिज भने लगातार दुई जितसँगै सुपर–८ प्रवेश नजिक पुगेको छ। नेपालविरुद्धको खेल जितेमा वेस्ट इन्डिजले अर्को चरणको यात्रा पक्का गर्नेछ। यदि आज पराजित भए नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिनेछ।

बाँकी खेल जिते पनि नेपालको सम्भावना अन्य टोलीको नतिजामा निर्भर रहनेछ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  १० : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र