३ कार्तिक २०८३, मंगलबार । October 21, 2026

टी–२० विश्वकपः इंग्ल्यान्डद्वारा नेपाललाई १८५ रनको चुनौतपूर्ण लक्ष्य प्रस्तुत


२५ माघ २०८२, आइतबार  

9
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेल खेलिरहेको नेपालले इंग्ल्यान्डविरुद्ध चुनौतपूर्ण लक्ष्य पाएको छ।

वाङ्खडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनायो । इंग्ल्यान्डका लागि ज्याकब बेथेलले ३५ बलमा चार चौका र चार छक्कासहित सर्वाधिक ५५ रनको योगदान दिए। कप्तान ह्यारी ब्रूकले पनि उत्कृष्ट प्रदर्शन गर्दै ३२ बलमा ५३ रन जोडे, जसमा चार चौका र तीन छक्का समावेश थिए।

अन्तिम चरणमा विल ज्याक्सले आक्रामक ब्याटिङ गर्दै १८ बलमै अविजित ३९ रन बनाए र टोलीलाई बलियो स्कोरसम्म पुर्‍याए। उनले एक चौका र चार छक्का प्रहार गरे। नेपालले भने सुरुवातमै सफलता पाएको थियो। ओपनर फिल साल्टलाई शेर मल्लले आफ्नो पहिलो बलमै आउट गर्दै इंग्ल्यान्डलाई दबाबमा पारेका थिए।

एक समय ५७–३ को स्थितिमा पुगेको इंग्ल्यान्डलाई बेथेल र कप्तान ब्रूकले चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै सम्हाले। नेपालका बलरमध्ये दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान दुई–दुई विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले एक–एक विकेट हात पारे।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ५ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि