२८ चैत्र २०८२, शनिबार । April 11, 2026

टी–२० विश्वकपः इंग्ल्यान्डद्वारा नेपाललाई १८५ रनको चुनौतपूर्ण लक्ष्य प्रस्तुत


२६ माघ २०८२, आइतबार  

9
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेल खेलिरहेको नेपालले इंग्ल्यान्डविरुद्ध चुनौतपूर्ण लक्ष्य पाएको छ।

वाङ्खडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनायो । इंग्ल्यान्डका लागि ज्याकब बेथेलले ३५ बलमा चार चौका र चार छक्कासहित सर्वाधिक ५५ रनको योगदान दिए। कप्तान ह्यारी ब्रूकले पनि उत्कृष्ट प्रदर्शन गर्दै ३२ बलमा ५३ रन जोडे, जसमा चार चौका र तीन छक्का समावेश थिए।

अन्तिम चरणमा विल ज्याक्सले आक्रामक ब्याटिङ गर्दै १८ बलमै अविजित ३९ रन बनाए र टोलीलाई बलियो स्कोरसम्म पुर्‍याए। उनले एक चौका र चार छक्का प्रहार गरे। नेपालले भने सुरुवातमै सफलता पाएको थियो। ओपनर फिल साल्टलाई शेर मल्लले आफ्नो पहिलो बलमै आउट गर्दै इंग्ल्यान्डलाई दबाबमा पारेका थिए।

एक समय ५७–३ को स्थितिमा पुगेको इंग्ल्यान्डलाई बेथेल र कप्तान ब्रूकले चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै सम्हाले। नेपालका बलरमध्ये दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान दुई–दुई विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले एक–एक विकेट हात पारे।

प्रकाशित मिति : २६ माघ २०८२, आइतबार  ५ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व