७ कार्तिक २०८३, शनिबार । October 24, 2026

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


१९ माघ २०८२, सोमबार  

69
Shares

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा क्याम्पस, योगिकुटीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

मिति २०८२/१०/१८ गते सम्पन्न उक्त कार्यक्रममा सिटिजन्स बैंक कालिकानगर शाखाका शाखा प्रमुख फर्सुराम न्यौपानेले वित्तीय साक्षरताको महत्वमाथि प्रकाश पार्दै व्यक्तिगत सम्पत्ति सुदृढीकरणका उपाय, डिजिटल ठगी तथा विभिन्न किसिमका वित्तीय स्क्यामबाट हुने जोखिम र तिनबाट बच्ने उपायबारे सहभागीहरूलाई जानकारी गराएका थिए।

साथै, बैंकले जेन–जी युवाहरूलाई लक्षित गरी हालै ल्याएको नयाँ तथा आकर्षक (Gen-Z Saving Account) का विशेषताबारे समेत जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा बैंकका कर्जा विभागका कर्मचारी धुर्ब खनालले डिम्याट (Demat) खाता तथा C-ASBA सम्बन्धी आवश्यक जानकारी प्रस्तुत गरेका थिए कार्यक्रमको व्यवस्थापन सिटिजन्स बैंक कालिकानगर शाखाका DRO रवि काफ्लेले गरेका थिए ।

समापन सत्रमा तिलोत्तमा क्याम्पसका क्याम्पस प्रमुख तुल्सी सापकोटा वित्तीय साक्षरताले विद्यार्थी तथा युवाहरूलाई जिम्मेवार वित्तीय निर्णय लिन सहयोग गर्ने उल्लेख गर्दै आगामी दिनहरूमा पनि बैंकले यस्ता वित्तीय सचेतनामूलक कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको जानकारी दिए ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  १२ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि