२४ आश्विन २०८३, शनिबार । October 11, 2026

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा


१३ पुस २०८२, आइतबार  

69
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर २ बाट चार जनाको नाम सिफारिस गरेको छ। नेकपा काठमाडौं जिल्ला कार्यदलले शुक्रबार उम्मेदवारहरूको नाम सिफारिस गरेको हो।

सिफारिस सूचीमा पार्टीका सहसंयोजक माधवकुमार नेपाल, देव चौलागाईं, मधु केसी र नितेश पौडेल रहेका छन्। जिल्ला कार्यदलले क्षेत्रीय अवस्था र पार्टीको सांगठनिक मूल्यांकनका आधारमा उम्मेदवारहरूको नाम केन्द्रमा पठाएको जनाएको छ।

काठमाडौं–२ मा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोविता गौतम निर्वाचित भएकी थिइन्। आगामी निर्वाचनका लागि प्रमुख दलहरूको तयारी तीव्र बन्दै जाँदा काठमाडौं–२ राजनीतिक रूपमा महत्वपूर्ण क्षेत्रका रूपमा हेरिएको छ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ११ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि