काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर २ बाट चार जनाको नाम सिफारिस गरेको छ। नेकपा काठमाडौं जिल्ला कार्यदलले शुक्रबार उम्मेदवारहरूको नाम सिफारिस गरेको हो।
सिफारिस सूचीमा पार्टीका सहसंयोजक माधवकुमार नेपाल, देव चौलागाईं, मधु केसी र नितेश पौडेल रहेका छन्। जिल्ला कार्यदलले क्षेत्रीय अवस्था र पार्टीको सांगठनिक मूल्यांकनका आधारमा उम्मेदवारहरूको नाम केन्द्रमा पठाएको जनाएको छ।
काठमाडौं–२ मा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोविता गौतम निर्वाचित भएकी थिइन्। आगामी निर्वाचनका लागि प्रमुख दलहरूको तयारी तीव्र बन्दै जाँदा काठमाडौं–२ राजनीतिक रूपमा महत्वपूर्ण क्षेत्रका रूपमा हेरिएको छ।







प्रतिक्रिया