२ माघ २०८२, बिहिबार । January 15, 2026

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर



काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले विराटनगर किंग्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

च्याम्पियन जनकपुरका कप्तान अनिल साहले टस जितेर त्रिवि क्रिकेट मैदानमा विराटनगरलाई ब्याटिङको निम्तो दिएका हुन् । विराटनगरले पहिलो दुवै खेल जितेर उत्कृष्ट सुरुवात गरेको छ । जनकपुर भने पहिलो खेलमै गोर्खाजसँग स्तब्ध भएको थियो । जनकपुरले अघिल्लो खेल खेलेको टोलीबाट विकास आग्रीको स्थानमा आदित्य महता र लाहिरु समराकुनको स्थानमा संगीथ कोरेलाई खेलाएको छ ।

विराटनगरको टोलीमा भने कुनै परिवर्तन गरेको छैन । गत वर्ष जनकपुरले उपाधि यात्रा सुरु गर्दा उद्घाटन खेलमै विराटनगरलाई सहजै ८ विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०८२, सोमबार  ११ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले