४ असार २०८३, बिहिबार । June 18, 2026

एनपीएलः लुम्बिनी लायन्सले टस जित्यो, चितवनलाई ब्याटिङको निम्तो


४ मंसिर २०८२, बिहिबार  

6
Shares

काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।

लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेपछि चितवन राइनोजलाई ब्याटिङको निम्तो दिएको हो । चितवनले अघिल्लो खेल खेलेको टोलीबाट एक खेलाडी परिवर्तन गरेको छ । विपिन आचार्यको स्थानमा टोलीले अमरसिंह राउटेलालाई खेलाइरहेको छ । चितवनबाट कप्तान कुशल मल्लसहित दीपक बोहरा, डेबिड मलान, देव खनाल, रवि बोपारा, सैफ जैब, अर्जुन साउद, कमलसिंह ऐरी, रिजन ढकाल, सोहेल तान्बिर र अमरसिंह राउटेला खेलिरहेका छन् ।

त्यस्तै लुम्बिनीबाट कप्तान रोहितसहित डी’आरसी शर्ट, दिलिप नाथ, सन्दीप जोरा, गुल्बदिन नैब, समिर अली, शेर मल्ल, अभिषेक गौतम, दीनेश अधिकार, रुबेन ट्रम्पलमन, जजे स्मिट प्लेयिङ ११ बाट खेलिरहेका छन् । लुम्बिनीको प्रशिक्षकमा भारतका पूर्व तीव्र बलर टिनु योहानान छन् । लुम्बिनीको यो पहिलो खेल हो ।

चितवनले भने पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ४ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा