काठमाडौं । दोस्रो संस्करणको एनपीएलमा काठमान्डु गोखार्जले विजयी सुरुवात गरेको छ ।
सोमबार सम्पन्न उद्घाटन खेलमा काठमान्डुले साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गर्यो । जनकपुरले प्रस्तुत गरेको १३१ रनको लक्ष्य काठमान्डुले १८ ओभरमा पाँच विकेट गुमाउँदै पुरा गरेको थियो । काठमान्डुका लागि बेन चार्ल्सवर्थले २३ बलमा ५ चौका र ३ छक्को मद्दतले सर्वाधिक ४६ रनको योगदान गरे ।
यसैगरी आकाश त्रिपाठीले ३९, मिलिन्द कुमारले १९ र जोहन सिम्पसनले १३ रन बनाए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रनको योगफल तयार पारेको थियो ।







प्रतिक्रिया