१९ पुस २०८२, शनिबार । January 3, 2026

एनपीएल सिजन–२ः उद्घाटन खेलमा जनकपुरले काठमाण्डुलाई दियो १३१ रनको चुनौती



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्सले काठमाण्डु गोखार्जसामु १३१ रनको लक्ष्य दिएको छ।

टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको अवसर पाएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन जोड्यो। जनकपुरका ओपनर आसिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै अर्थशतक प्रहार गरे। उनले ४१ बलमा ५४ रन बटुलेर टोलीको पारी सम्हाले।

अन्य ब्याट्सम्यानमध्ये लाहिरु मिलान्थाले ७ रन, कप्तान अनिलकुमार शाहले खाता नै नखोली शून्यमा आउट भए। जान निकोल लोफ्टी इन्टोन २ रनमा, सञ्जय कृष्णमूर्ति २ रनमा र लाहिरु सिमारकून २२ रन बनाए । अन्त्यतिर मयन यादवले ३४ रनको योगदान दिए भने रुपेश सिंह ४ रनमा अविजित रहँदा टोलीले १३० को स्कोर खडा गर्‍यो।

बलिङतर्फ जनकपुरका मिलिन्द कुमार निकै घातक बने। उनले ४ ओभरमा मात्र १५ रन खर्चेर ३ विकेट हात पारे। त्यस्तै करण केसी, शाहव आलम र सन्तोष यादवले एक–एक विकेट आफ्नो नाममा जोड्न सफल भए।

प्रकाशित मिति : २ मंसिर २०८२, सोमबार  ५ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together