२८ कार्तिक २०८२, बिहिबार । November 14, 2025

विश्वकप लिग–२ः अमेरिकाविरुद्ध टस जितेर फिल्डिङमा नेपाल



काठमाडौं । यूएईमा जारी आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको महत्त्वपूर्ण शृंखलामा आइतबार नेपालले बलियो प्रतिद्वन्द्वी अमेरिकाको सामना गर्दैछ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने उक्त खेलमा नेपाली टोलीले पहिले फिल्डिङ गर्ने भएको छ । नेपाली टोलीले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो । नेपाल र अमेरिकाबीच हालसम्म नौवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिएको छ । त्यसमध्ये नेपालले चार र अमेरिकाले चार खेलमा जीत हात पारेका छन् ।

एक खेल भने अनिर्णित रूपमा सकिएको छ । घरेलु मैदानमा अमेरिकाले तीन खेल जितेको छ भने नेपालले घरेलु मैदानमा खेलिएको दुई खेलमा अमेरिकालाई हराएको छ । ‘न्यूट्रल भेन्यू’ मा नेपालले दुई र अमेरिकाले एक खेल जितेका छन् । यूएईमा भने यी दुवै टोली पहिलो पटक आपसमा भिड्न लागेका हुन् ।

शृंखलामा नेपाल र अमेरिकासँगै आयोजक यूएई पनि सहभागी छ । लिग–२ को जारी सिजनमा खेल्न लागिएको यो १५ औं शृंखला हो । नेपालले खेल्न लागेको भने यो पाँचौं शृंखला हो । लिग–२० शृंखलाको खेल ५० ओभरको हुन्छ । लिग–२ प्रतियोगितामा सहभागी आठवटै राष्ट्रले ३६–३६ खेल खेल्नेछन् ।

प्रत्येक टोलीले घरेलु मैदानमा तीन र विपक्षीको मैदानमा ६ वटा शृंखला खेल्नेछन् ।

प्रकाशित मिति : १० कार्तिक २०८२, आइतबार  ११ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई