२८ कार्तिक २०८२, बिहिबार । November 14, 2025

सुपर–६ भिडन्तः कतारविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल



काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकपको एसिया–प्रशान्त क्षेत्रीय छनोट अन्तर्गत ‘सुपर–६’ चरणको आफ्नो दोश्रो खेलमा नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

कतारले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । खेल नेपाली समय अनुसार, अहिले राति ८ः४५ बजे शुरू हुनेछ । आजको खेलमा विजयी भए नेपाली टोलीको तेस्रो पटक टी–२० विश्वकप खेल्ने सम्भावना निकै बलियो बन्नेछ । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ मा टी–२० विश्वकप खेलिसकेको छ ।

जारी प्रतियोगिताको ‘सुपर–६’ चरणमा चार अंकसहित नेपाल दोस्रो स्थानमा छ । नेपालभन्दा एक खेल बढी खेलेको आयोजक ओमान ६ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ ।

ओमानले सोमबार नै खेलिएको खेलमा बलियो प्रतिद्वन्द्वी यूएईलाई पाँच विकेटले हराउँदै आफ्नो अंक ६ पुर्‍याएको हो ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ८ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई