काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकपको एसिया–प्रशान्त क्षेत्रीय छनोट अन्तर्गत ‘सुपर–६’ चरणको आफ्नो दोश्रो खेलमा नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
कतारले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । खेल नेपाली समय अनुसार, अहिले राति ८ः४५ बजे शुरू हुनेछ । आजको खेलमा विजयी भए नेपाली टोलीको तेस्रो पटक टी–२० विश्वकप खेल्ने सम्भावना निकै बलियो बन्नेछ । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ मा टी–२० विश्वकप खेलिसकेको छ ।
जारी प्रतियोगिताको ‘सुपर–६’ चरणमा चार अंकसहित नेपाल दोस्रो स्थानमा छ । नेपालभन्दा एक खेल बढी खेलेको आयोजक ओमान ६ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ ।
ओमानले सोमबार नै खेलिएको खेलमा बलियो प्रतिद्वन्द्वी यूएईलाई पाँच विकेटले हराउँदै आफ्नो अंक ६ पुर्याएको हो ।







प्रतिक्रिया