काठमाडौं । आईसीसी पुरुष टी–२० एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्स चरणमा जारी खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) सामु १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
ओमान क्रिकेट एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रनको योगफल खडा गरेको हो।
नेपाल समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्समा प्रवेश गरेको हो। समूह चरणमा नेपालले कुवेत र जापानलाई पराजित गरेको थियो। त्यस्तै, युएई पनि समूह ‘ए’ को विजेताका रूपमा सुपर सिक्समा पुगेको हो, जसले समूह चरणमा कतार र मलेसियालाई हराएको थियो।
दुवै टोली समूह चरणमा अपराजित रहँदा अहिलेको खेल विश्वकप छनोटमा पहुँच सुनिश्चित गर्ने दृष्टिले निकै निर्णायक बनेको छ।







प्रतिक्रिया