२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

विश्वकप छनोटः जापानले नेपाललाई दियो १ सय ३२ रनको लक्ष्य


२४ आश्विन २०८२, शुक्रबार  

18
Shares

काठमाडौं । ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा शुक्रबार सम्पन्न आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको रोमाञ्चक खेलमा जापानले नेपाललाई १३२ रनको लक्ष्य दिएको छ।

टस जितेर बलिङ रोजेको नेपालका कप्तान रोहित पौडेलको निर्णयलाई जापानका ब्याटरहरूले मध्यम सफलता दिएका थिए। निर्धारित २० ओभरमा जापानले ८ विकेट गुमाउँदै १३१ रनको योगफल तयार गर्‍यो।

नेपालले सुरुआती चरणमै उत्कृष्ट सुरुवात गरेको थियो। चौथो ओभरमा दीपेन्द्रसिंह ऐरीले सटीक थ्रोमार्फत अभिषेक आनन्दलाई १ रनमै रनआउट गर्दै जापानलाई पहिलो झटका दिएका थिए। तर त्यसपछि केन्डेल काडोवाकी–फ्लेमिङ र इसाम रहमानले दोस्रो विकेटका लागि ८६ रनको ठोस साझेदारी गर्दै जापानलाई खेलमा पुनः फर्काए।

तेरौँ ओभरमा सोमपाल कामीले रहमानलाई आउट गर्दै साझेदारी तोडे। रहमानले २५ बलमा १ चौका र २ छक्कासहित ३१ रन बनाए। त्यसपछि १४औं ओभरमा गुलशन झाले काडोवाकीलाई आउट गर्दै नेपाललाई खेलमा फर्काए। काडोवाकीले ४६ बलमा ५ चौका र ३ छक्कासहित ६० रनको दमदार पारी खेले।

इब्राहिम ताकाहासीलाई गुलशनले ४ रनमै बोल्ड गरे भने सन्दीप लामिछानेले लगातार विकेट निकाल्दै जापानको मिडल अर्डर धरासायी बनाए। उनले सबाओरिस, रवीचन्दन र डेक्लन सुजुकीलाई समान १ रनमै पभेलियन फर्काए। रेओ साकुरानो थोमस ३ रनमा रनआउट भए भने बेन्जामिन इटो डेभिसले १२ बलमा १७ रन जोडे।

नेपालतर्फ गुलशन झाले र सन्दीप लामिछानेले समान २–२ विकेट लिए। गुलशनले ४ ओभरमा २० रन खर्चे भने सन्दीपले २५ रन दिए। सोमपाल कामी र नन्दन यादवले पनि समान १–१ विकेट हात पारे।

अब नेपालले यो लक्ष्य पछ्याउँदै जित निकाल्ने प्रयास गर्नेछ। यो खेल जित्ने टोली २ अतिरिक्त अंकसहित सुपर सिक्स चरणमा प्रवेश गर्नेछ।

यसअघि नेपालले पहिलो खेलमा कुवेतलाई ५८ रनले पराजित गरेको थियो भने जापानले पनि कुवेतमाथि ५ विकेटको जित हात पारेको थियो। परिणामस्वरूप, नेपाल र जापान दुवै टोली समूह ‘बी’ बाट दोस्रो चरणमा प्रवेश गरेका छन् भने कुवेत समूह चरणमै बाहिरिएको छ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ६ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ