२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

नेपालको दमदार प्रदर्शन ! मलेसियामाथि ६ विकेटको जित, शृङ्खला बराबरीमा


२१ आश्विन २०८२, मंगलबार  

15
Shares

काठमाडौं । महिला टी-२० अन्तरराष्ट्रिय क्रिकेट शृङ्खलाको चौथो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै मलेसियालाई ६ विकेटले पराजित गरेको छ ।

यो जितसँगै पाँच खेलको शृङ्खलामा नेपाल र मलेसिया दुवैले २–२ को बराबरी कायम गरेका छन् । मलेसियामा आज सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १११ रनको योगफल तयार पारेको थियो । उसका लागि मास एलिसा अविजित रहँदै ५६ रनको योगदान दिइन् । माहिराले १८ रन र नुर दानियाले १५ रन जोडेका थिए ।

नेपालको बलिङतर्फ कविता कुँवरले ३ विकेट लिएर टोलीको विजयमा महत्वपूर्ण भूमिका निभाइन् । पूजा महतो र कविता जोशीले पनि समान एक–एक विकेट हात पारे ।

११२ रनको लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा चार विकेट गुमाउँदै सहज रूपमा लक्ष्य पूरा गर्‍यो । कप्तान इन्दु बर्माले ३९ बलमा अविजित ४८ रनको शानदार प्रदर्शन गर्दै टोलीलाई जितसम्म पुर्‍याइन् । त्यस्तै रुबिना क्षेत्रीले २३ बलमा २३ रन बनाउँदै सहयोग गरिन् ।

मलेसियाको तर्फबाट नुर दानिया स्युहादा, आइना हमिजा र माहिरा इजातीले समान एक–एक विकेट हात पारे ।

अब दुवै टोलीबीचको निर्णायक तथा पाँचौँ खेल भोलि हुनेछ, जसले शृङ्खलाको विजेता टुंगो लगाउनेछ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  १२ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ