२३ पुस २०८२, बुधबार । January 7, 2026

नेपालको दमदार प्रदर्शन ! मलेसियामाथि ६ विकेटको जित, शृङ्खला बराबरीमा



काठमाडौं । महिला टी-२० अन्तरराष्ट्रिय क्रिकेट शृङ्खलाको चौथो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै मलेसियालाई ६ विकेटले पराजित गरेको छ ।

यो जितसँगै पाँच खेलको शृङ्खलामा नेपाल र मलेसिया दुवैले २–२ को बराबरी कायम गरेका छन् । मलेसियामा आज सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १११ रनको योगफल तयार पारेको थियो । उसका लागि मास एलिसा अविजित रहँदै ५६ रनको योगदान दिइन् । माहिराले १८ रन र नुर दानियाले १५ रन जोडेका थिए ।

नेपालको बलिङतर्फ कविता कुँवरले ३ विकेट लिएर टोलीको विजयमा महत्वपूर्ण भूमिका निभाइन् । पूजा महतो र कविता जोशीले पनि समान एक–एक विकेट हात पारे ।

११२ रनको लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा चार विकेट गुमाउँदै सहज रूपमा लक्ष्य पूरा गर्‍यो । कप्तान इन्दु बर्माले ३९ बलमा अविजित ४८ रनको शानदार प्रदर्शन गर्दै टोलीलाई जितसम्म पुर्‍याइन् । त्यस्तै रुबिना क्षेत्रीले २३ बलमा २३ रन बनाउँदै सहयोग गरिन् ।

मलेसियाको तर्फबाट नुर दानिया स्युहादा, आइना हमिजा र माहिरा इजातीले समान एक–एक विकेट हात पारे ।

अब दुवै टोलीबीचको निर्णायक तथा पाँचौँ खेल भोलि हुनेछ, जसले शृङ्खलाको विजेता टुंगो लगाउनेछ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  १२ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले