४ असार २०८३, बिहिबार । June 18, 2026

टी–२० अन्तर्राष्ट्रिय सिरिजः मलेसियाले नेपाललाई दियो ११२ रनको लक्ष्य


२१ आश्विन २०८२, मंगलबार  

15
Shares

काठमाडौं । आयोजक मलेसियाविरुद्धको चौथो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाली महिला क्रिकेट टोलीले जितका लागि ११२ रनको लक्ष्य पाएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १११ रनको योगफल तयार पार्‍यो। इङिङ्सको सुरुवात राम्रो नभए पनि चौथो नम्बरमा क्रिजमा पुगेकी मस एलिसाले टोलीलाई सन्तुलनमा फर्काइन्। उनले उत्कृष्ट अर्धशतक प्रहार गर्दै अविजित ५६ रन जोडिन्। एलिसाले ६३ बलमा पाँच चौका प्रहार गर्दै टोलीका लागि आधार तयार गरिन्।

त्यस्तै, माहिरा इजाती इस्माइलले १८ रन र नुर दानिया सुहादाले १५ रनको योगदान दिइन्। मलेसियाका दुवै ओपनर रन नबनाई आउट हुँदा टोली दबाबमा परेको थियो। तर मध्यमक्रमले पारी सम्हाल्दै टोलीको स्कोर १११ सम्म पुर्‍यायो।

नेपालका बलरमध्ये कविता कुँवर सर्वाधिक प्रभावशाली रहिन्। उनले चार ओभरमा मात्र १० रन खर्चेर तीन विकेट लिइन्। त्यस्तै पूजा महतो र कविता जोशीले पनि एक–एक विकेट हात पारे।

अब नेपालले जित हात पार्न ११२ रनको लक्ष्य पछ्याउनेछ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ९ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा