२३ पुस २०८२, बुधबार । January 7, 2026

टी–२० अन्तर्राष्ट्रिय सिरिजः मलेसियाले नेपाललाई दियो ११२ रनको लक्ष्य



काठमाडौं । आयोजक मलेसियाविरुद्धको चौथो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाली महिला क्रिकेट टोलीले जितका लागि ११२ रनको लक्ष्य पाएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १११ रनको योगफल तयार पार्‍यो। इङिङ्सको सुरुवात राम्रो नभए पनि चौथो नम्बरमा क्रिजमा पुगेकी मस एलिसाले टोलीलाई सन्तुलनमा फर्काइन्। उनले उत्कृष्ट अर्धशतक प्रहार गर्दै अविजित ५६ रन जोडिन्। एलिसाले ६३ बलमा पाँच चौका प्रहार गर्दै टोलीका लागि आधार तयार गरिन्।

त्यस्तै, माहिरा इजाती इस्माइलले १८ रन र नुर दानिया सुहादाले १५ रनको योगदान दिइन्। मलेसियाका दुवै ओपनर रन नबनाई आउट हुँदा टोली दबाबमा परेको थियो। तर मध्यमक्रमले पारी सम्हाल्दै टोलीको स्कोर १११ सम्म पुर्‍यायो।

नेपालका बलरमध्ये कविता कुँवर सर्वाधिक प्रभावशाली रहिन्। उनले चार ओभरमा मात्र १० रन खर्चेर तीन विकेट लिइन्। त्यस्तै पूजा महतो र कविता जोशीले पनि एक–एक विकेट हात पारे।

अब नेपालले जित हात पार्न ११२ रनको लक्ष्य पछ्याउनेछ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ९ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले