२३ पुस २०८२, बुधबार । January 7, 2026

मलेसियाविरुद्धको तेस्रो टी–२० मा नेपाललाई १२१ रनको लक्ष्य



काठमाडौं । नेपाल र मलेसियाबीच जारी पाँच खेलको महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको तेस्रो खेलमा मलेसियाले नेपाललाई १२१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १२० रन जोड्यो। मलेसियाकी आइना हमिजा उत्कृष्ट फर्ममा रहिन् — उनले लगातार दोस्रो अर्धशतक प्रहार गर्दै ६१ रनको योगदान दिइन्।

नेपालका बलर कविता जोशी र कविता कुँवरले सानदार बलिङ गर्दै समान दुई–दुई विकेट लिए। सिरिजमा दुवै टोलीले हालसम्म एक–एक खेल जितेका छन्। पहिलो खेलमा तीन रनले हार भोगेको नेपालले दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ६ विकेटले जित निकालेको थियो।

नेपाल आजको खेल जित्दै सिरिजमा २–१ को अग्रता बनाउने लक्ष्यमा छ। यो सिरिज नेपालका लागि विशेष तयारीका रूपमा रहेको छ, किनभने नेपाली महिला टोली आगामी जनवरीमा घरेलु मैदानमा हुने महिला टी–२० विश्वकपको ग्लोबल छनोटका लागि तयारी गरिरहेको छ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ९ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले