४ असार २०८३, बिहिबार । June 18, 2026

देशभर मनसुनी प्रभाव सक्रिय, कोशी र मधेस प्रदेशमा भारी वर्षाको सम्भावना


१९ आश्विन २०८२, आइतबार  

9
Shares

काठमाडौं । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभाव स्पष्ट रूपमा देखिएको छ।

सोही कारणले देशका विभिन्न भागहरूमा वर्षा भइरहेको छ। आज बिहान कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा आकाश पूर्ण रूपमा बदली रहेको छ भने बाँकी प्रदेशहरूमा सामान्य बदली देखिएको छ। मधेस, बागमती र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ भने कोशी र गण्डकी प्रदेशका धेरै भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसोको समयमा कोशी र मधेस प्रदेशमा पूर्ण बदली रहने अनुमान गरिएको छ। बागमती र लुम्बिनी प्रदेशमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना छ। कोशी र मधेस प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै, यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि छ।

रातिको समयमा कोशी, मधेस र बागमती प्रदेशसहित देशका पहाडी भागहरूमा सामान्य बदली रहनेछ भने अन्य स्थानहरूमा आंशिक बदलीको अवस्था रहने अनुमान छ। कोशी, मधेस र बागमती प्रदेशका साथै देशका पहाडी भागका केही ठाउँमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। साथै, कोशी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावनासमेत छ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ८ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा