२३ पुस २०८२, बुधबार । January 7, 2026

टी–२० सिरिजः मलेसियामाथि नेपालको शानदार जित



काठामाडौं । नेपालले अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा मलेसियामाथि ६ विकेटले शानदार जित दर्ता गरेको छ।

शनिबार मलेसियाको बायुमास ओभलमा पहिलो ब्याटिङ गरेको घरेलु टोलीले दिएको ९२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो। यससँगै पाँच खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ।

नेपालको जितमा पूजा महतोले ३९ बलमा ३९ रनको योगदान दिइन् भने कप्तान इन्दु बर्माले २१ बलमा २७ रन जोडिन्। ओपनर आइना हमिजा अविजित रहँदै ६३ बलमा शानदार ५० रन बनाएर टोलीलाई लक्ष्यसम्म पुर्‍याइन्।

बलिङतर्फ समु विष्टले दुई विकेट हात पारिन् भने कविता कुँवरले एक विकेट लिइन्।

यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो। १०५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २० ओभरमा पाँच विकेट गुमाउँदै १०१ रनमै रोकिएको थियो।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ११ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले