२८ चैत्र २०८२, शनिबार । April 12, 2026

टी–२० सिरिजः मलेसियामाथि नेपालको शानदार जित


१८ आश्विन २०८२, शनिबार  

15
Shares

काठामाडौं । नेपालले अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा मलेसियामाथि ६ विकेटले शानदार जित दर्ता गरेको छ।

शनिबार मलेसियाको बायुमास ओभलमा पहिलो ब्याटिङ गरेको घरेलु टोलीले दिएको ९२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो। यससँगै पाँच खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ।

नेपालको जितमा पूजा महतोले ३९ बलमा ३९ रनको योगदान दिइन् भने कप्तान इन्दु बर्माले २१ बलमा २७ रन जोडिन्। ओपनर आइना हमिजा अविजित रहँदै ६३ बलमा शानदार ५० रन बनाएर टोलीलाई लक्ष्यसम्म पुर्‍याइन्।

बलिङतर्फ समु विष्टले दुई विकेट हात पारिन् भने कविता कुँवरले एक विकेट लिइन्।

यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो। १०५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २० ओभरमा पाँच विकेट गुमाउँदै १०१ रनमै रोकिएको थियो।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ११ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व