२ माघ २०८२, बिहिबार । January 15, 2026

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना : एकको मृत्यु, ३६ घाइते



कपिलवस्तु । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ३६ जना घाइते भएका छन्।

धनगढीबाट काठमाडौं जाँदै गरेको ना ८ ख ५७०३ नम्बरको बस शिवराज नगरपालिका–१ वनकसवासामा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा डोटीको दिपायल नगरपालिका–१ की ३५ वर्षीया सरस्वती खड्काको मृत्यु भएको कपिलवस्तु प्रहरी प्रमुख एसपी सन्तोष आचार्यले जानकारी दिए।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरीले जनाएको छ। गम्भीरसहित १५ जनालाई चन्द्रौटास्थित स्वास्थ्य संस्थामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ।

प्रहरीका अनुसार बिहान तीव्र गतिमा रहेको बस मोडमा पुग्दा नियन्त्रण गुमाएर दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ११ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले