काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिन देशभर लामो दूरीका यातायात सञ्चालन नगर्न निर्णय गरेको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज १८, १९ र २० गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकोले यो निर्णय लिइएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ –
“भारी वर्षा तथा सम्भावित बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक जोखिम कम गर्न कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका सवारीसाधन तथा काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने यातायात सेवा अस्थायी रूपमा रोकिएको छ।”
साथै, प्राधिकरणले यातायात व्यवसायी, नागरिक र सम्बन्धित निकायलाई अत्यावश्यकबाहेकका सवारी साधन नचलाउन अनुरोध गरेको छ। यस अवधिमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई आवतजावत रोकथाम र निगरानी कडाइका साथ पालना गर्न निर्देशन दिइएको छ।








प्रतिक्रिया