२३ बैशाख २०८३, बुधबार । May 6, 2026

मुग्लिन–नारायणगढ सडक अनिश्चितकालका लागि बन्द, यात्रामा सतर्कता अपनाउन आग्रह


१८ आश्विन २०८२, शनिबार  

18
Shares

काठमाडौं । लगातारको वर्षासँगै खसेका पहिरोका कारण मुग्लिन–नारायणगढ सडक खण्ड शनिबार बिहानदेखि अस्थायी रूपमा बन्द गरिएको छ।

प्रहरीको सूचनाअनुसार बिहान ६ बजेदेखि नै सो सडकमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो। प्रहरी प्रशासनले मौसममा सुधार नआउन्जेलसम्म सडक खण्ड सञ्चालन नहुने जनाउँदै यात्रु तथा चालकलाई अत्यावश्यक नभए यात्रा नगर्न आग्रह गरेको छ।

यस्तै, सडक डिभिजन भरतपुरले समेत निरन्तर वर्षा र पहिरोको जोखिमलाई मध्यनजर गर्दै सावधानी अपनाउन आग्रह गरेको छ। उता, काठमाडौँ–मुग्लिन सडक खण्डमा पनि वर्षाका कारण पटक–पटक पहिरो खस्दा यातायातमा अवरोध आइरहेको छ।

अहिले सडक आंशिक रूपमा सञ्चालन भए पनि जोखिम कायम नै रहेकाले सम्भव भएसम्म वैकल्पिक मार्ग रोज्न वा यात्रा स्थगित गर्न प्रहरी प्रशासनले अनुरोध गरेको छ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ८ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको