२ माघ २०८२, बिहिबार । January 15, 2026

सिर्जनशील टोल विकास संस्थाको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न



रुपन्देही । तिलोत्तमा नगरपालिका वडा नम्बर ९ मा गठित सिर्जनशील टोल विकास संस्थाको प्रथम साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ ।

स्थानीय विकास प्रक्रियामा टोल तथा बस्ती स्तरबाट नागरिक सहभागिता सुनिश्चित गर्दै सामाजिक, सांस्कृतिक र आधारभूत आवश्यकताका क्षेत्रमा दिगोपना सृजना गर्ने उद्देश्यले संस्थाले अधिवेशन सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि वडा सदस्य कमल रेग्मी र विशेष अतिथि वडा सदस्य लब्सन गुरुङसहित टोलवासीको व्यापक सहभागिता रहेको थियो । प्रमुख अतिथि रेग्मीले संस्थाले छोटो समयमा प्रभावकारी गतिविधि सञ्चालन गर्दै आएको भन्दै आगामी दिनमा थप सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अधिवेशनका लागि डोल्मा थामिको संयोजनमा तीन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो । निर्वाचनबाट कृष्ण प्रसाद डुम्रे अध्यक्ष, सीता घिमिरे उपाध्यक्ष, राजेन्द्र पोखरेल सचिव, सिजन सिंजाली कोषाध्यक्षसहित ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

नव–निर्वाचित अध्यक्ष डुम्रेका अनुसार संस्थाले समाजमा सुशासनलाई प्राथमिकता दिँदै सरसफाइ अभियान, सडक बत्ती व्यवस्थापन, सामाजिक सहिष्णुता प्रवर्द्धनलगायत गतिविधिहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले