२ चैत्र २०८२, सोमबार । March 17, 2026

सिर्जनशील टोल विकास संस्थाको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न


२९ भाद्र २०८२, आइतबार  

51
Shares

रुपन्देही । तिलोत्तमा नगरपालिका वडा नम्बर ९ मा गठित सिर्जनशील टोल विकास संस्थाको प्रथम साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ ।

स्थानीय विकास प्रक्रियामा टोल तथा बस्ती स्तरबाट नागरिक सहभागिता सुनिश्चित गर्दै सामाजिक, सांस्कृतिक र आधारभूत आवश्यकताका क्षेत्रमा दिगोपना सृजना गर्ने उद्देश्यले संस्थाले अधिवेशन सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि वडा सदस्य कमल रेग्मी र विशेष अतिथि वडा सदस्य लब्सन गुरुङसहित टोलवासीको व्यापक सहभागिता रहेको थियो । प्रमुख अतिथि रेग्मीले संस्थाले छोटो समयमा प्रभावकारी गतिविधि सञ्चालन गर्दै आएको भन्दै आगामी दिनमा थप सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अधिवेशनका लागि डोल्मा थामिको संयोजनमा तीन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो । निर्वाचनबाट कृष्ण प्रसाद डुम्रे अध्यक्ष, सीता घिमिरे उपाध्यक्ष, राजेन्द्र पोखरेल सचिव, सिजन सिंजाली कोषाध्यक्षसहित ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

नव–निर्वाचित अध्यक्ष डुम्रेका अनुसार संस्थाले समाजमा सुशासनलाई प्राथमिकता दिँदै सरसफाइ अभियान, सडक बत्ती व्यवस्थापन, सामाजिक सहिष्णुता प्रवर्द्धनलगायत गतिविधिहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по