१० कार्तिक २०८३, मंगलबार । October 28, 2026

जेन्जी आन्दोलनः हालसम्म ७२ जनाको ज्यान गयो, १९१ जना घाइतेको उपचार हुँदै


२९ भदौ २०८२, आइतबार  

12
Shares

काठमाडौं । सिंहदरबारमा आइतबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा सरकारका मुख्यसचिव एकनारायण अर्यालले जेन्जी आन्दोलनको पछिल्लो तथ्याङ्क सार्वजनिक गरेका छन्।

उनका अनुसार हालसम्म ७२ जनाले ज्यान गुमाएका छन् भने १९१ जना घाइते उपचाररत छन्। अर्यालका अनुसार मृतकमध्ये ५९ जना आन्दोलनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी रहेका छन्। यसैगरी घाइतेमध्ये १३४ जना आन्दोलनकारी र ५७ जना सुरक्षाकर्मीको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको जानकारी उनले दिए।

मुख्यसचिवले आन्दोलनका कारण देशभरका प्रशासनिक संरचना र सेवाप्रवाहमा गम्भीर असर परेको भन्दै चुनौतीपूर्ण अवस्थामा सरकार अघि बढ्नुपर्ने बताए।

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  १२ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर बोल्ट्स पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले जनकपुर

एनपीएल: चितवन राइनोजसँग विराटनगर किङ्ग्स ८ रनले पराजित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किङ्ग्समाथि

एनपीएलः विराटनगर किङ्स र चितवन राइनोज भिड्दै

काठमाडौं । एनपीएलको दोस्रो दिन आज दुई खेल हुँदैछन्। पहिलो

एनपीएल सिजन ३ः किशोर र शेरको घातक बलिङ, लुम्बिनीको सहज जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा साविक

एनपीएल सिजन–३ आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उद्घाटन खेलमा