९ माघ २०८२, बिहिबार । January 23, 2026

सहमति जुट्यो ! सुशीला कार्की अन्तरिम सरकारको प्रमुख, आजै शपथ



काठमाडौं । नेपालकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुखको रूपमा नियुक्त गर्ने सहमति जुटेको छ। सहमति बनेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै सो पदमा नियुक्त गर्ने तयारी गरेका छन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार कार्कीले साँझ ९ बजे शपथग्रहण गर्नेछिन्।

यसअघि नयाँ सरकार गठनसम्बन्धी छलफलका लागि सुशीला कार्की, जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्याल शीतलनिवास पुगेका थिए।

यद्यपि अन्तरिम सरकारको नेतृत्व कार्कीले गर्ने सहमति भए पनि संसद् विघटनको विषयमा भने सर्वसम्मति बन्न सकेको छैन। पोखरेलका अनुसार, यसबारे औपचारिक जानकारी कार्कीको नियुक्तिसँगै सार्वजनिक गरिनेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको तीव्र दबाबपछि मंगलबार पदबाट राजीनामा दिएका थिए। असामान्य राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपति पौडेलले सोही दिन ओलीको राजीनामा स्वीकृत गरेका थिए।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ७ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल

बझाङबाट नेकपाको प्रतिनिधिसभा उम्मेदवारमा युवा नेता मीनबहादुर कुवर

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते