७ कार्तिक २०८३, शनिबार । October 24, 2026

एएफपीपीडी सम्मेलनमा नेपालको तर्फबाट सांसद योगेश गौचनको सक्रिय सहभागिता


१९ भदौ २०८२, बिहिबार  

12
Shares

काठमाडौं । नेपालका सांसद योगेश गौचन थकालीले जनसंख्या र विकाससम्बन्धी सांसदहरूको एसियाली फोरम (एएफपीपीडी) को वार्षिक क्षेत्रीय सम्मेलनमा नेपालको तर्फबाट प्रतिनिधित्व गरेका छन्।

फिलिपिन्समा भइरहेको उक्त सम्मेलनमा उनले नेपालले दीगो विकास लक्ष्य (एसडीजी) २०३० का एजेन्डा कार्यान्वयनमा हासिल गरेका उपलब्धि तथा सामना गरिरहेका चुनौतीबारे विस्तृत प्रस्तुति दिएका थिए। साथै, ‘सांसदहरूको सञ्जाल’ शीर्षकमा आयोजित चौथो सेसनको सहजीकरण गर्दै उनले नेपालको अनुभव र दृष्टिकोण प्रस्तुत गरेका थिए।

सांसद गौचन एएफपीपीडीको ‘युवा लगानी स्थायी समिति’ का सह–अध्यक्ष समेत हुन्। यस समितिमा युवा सांसदहरूको नेतृत्वमा नीति निर्माण र कार्यान्वयनलाई प्रभावकारी बनाउन जोड दिइन्छ।

फोरममा सहभागी भएर नेपालको तर्फबाट आवाज उठाउन पाउनु गर्वको विषय भएको सांसद गौचनले बताएका छन्। उनले निर्वाचित भएयता अन्तर्राष्ट्रिय स्तरका विभिन्न संसदीय मञ्चमा सक्रिय सहभागिता जनाउँदै आएका छन्।

सांसद गौचन मुस्ताङबाट निर्वाचित जनप्रतिनिधि हुन् र हाल संघीय संसदमा नेपालका युवाको दृष्टिकोणलाई प्रभावकारी रूपमा प्रस्तुत गर्दै आएका छन्।

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  १ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि