२८ चैत्र २०८२, शनिबार । April 12, 2026

एएफपीपीडी सम्मेलनमा नेपालको तर्फबाट सांसद योगेश गौचनको सक्रिय सहभागिता


१९ भाद्र २०८२, बिहिबार  

12
Shares

काठमाडौं । नेपालका सांसद योगेश गौचन थकालीले जनसंख्या र विकाससम्बन्धी सांसदहरूको एसियाली फोरम (एएफपीपीडी) को वार्षिक क्षेत्रीय सम्मेलनमा नेपालको तर्फबाट प्रतिनिधित्व गरेका छन्।

फिलिपिन्समा भइरहेको उक्त सम्मेलनमा उनले नेपालले दीगो विकास लक्ष्य (एसडीजी) २०३० का एजेन्डा कार्यान्वयनमा हासिल गरेका उपलब्धि तथा सामना गरिरहेका चुनौतीबारे विस्तृत प्रस्तुति दिएका थिए। साथै, ‘सांसदहरूको सञ्जाल’ शीर्षकमा आयोजित चौथो सेसनको सहजीकरण गर्दै उनले नेपालको अनुभव र दृष्टिकोण प्रस्तुत गरेका थिए।

सांसद गौचन एएफपीपीडीको ‘युवा लगानी स्थायी समिति’ का सह–अध्यक्ष समेत हुन्। यस समितिमा युवा सांसदहरूको नेतृत्वमा नीति निर्माण र कार्यान्वयनलाई प्रभावकारी बनाउन जोड दिइन्छ।

फोरममा सहभागी भएर नेपालको तर्फबाट आवाज उठाउन पाउनु गर्वको विषय भएको सांसद गौचनले बताएका छन्। उनले निर्वाचित भएयता अन्तर्राष्ट्रिय स्तरका विभिन्न संसदीय मञ्चमा सक्रिय सहभागिता जनाउँदै आएका छन्।

सांसद गौचन मुस्ताङबाट निर्वाचित जनप्रतिनिधि हुन् र हाल संघीय संसदमा नेपालका युवाको दृष्टिकोणलाई प्रभावकारी रूपमा प्रस्तुत गर्दै आएका छन्।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहिबार  १ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व