१ आश्विन २०८३, बिहिबार । September 17, 2026

लर्डबुद्धका विद्यार्थीले विकास गरेका एआई तथा सफ्टवेयरहरू काँग्रेस नेता गगन थापाद्वारा अवलोकन


६ भदौ २०८२, शुक्रबार  

15
Shares

काठमाडौं । लर्डबुद्ध एजुकेशन फाउण्डेशन एल.बी.ई.एफ.ले आयोजना गरेको सूचना प्रविधि प्रदर्शनी भव्य रूपमा सम्पन्न भएको छ ।

स्नातक तहका छैटौँ तहमा आइटी अध्ययनरत विद्यार्थीहरूले विकास गरेका सफ्टवेयर, एआई आधारित उपकरण, साइबर सुरक्षा सम्बन्धी प्रणाली, क्लाउड लगायतका विभिन्न ५२ वटा सिर्जनात्मक आविष्कारहरू प्रस्तुत गरिएको थियो ।

लर्डबुद्ध एजुकेशन फाउण्डेशन परिसरमा भएको प्रदर्शनीको अवलोकन गर्दै नेपाली काँग्रेसका युवा नेता तथा सांसद गगन थापाले नेपाली विद्यार्थीहरू सूचना प्रविधिको क्षेत्रमा अब्बल रहेको प्रतिक्रिया दिए। विद्यार्थीहरूले विकास गरेका आइटी सफ्टवेयरहरूको व्यवसायीकरण र बजारीकरणका लागि सरकारसँग समन्वय गर्नुपर्ने थापाले बताए ।

सूचना प्रविधिको तीव्र गतिमा विकास र विस्तार भईरहको अवस्थामा विभिन्न प्रकारका सफ्टवेयरहरू सरकारलाई नै आवश्यक पर्ने भएकाले नेपालमा आइटिको भविष्य उज्ज्वल रहेको थापाको भनाई छ । नेपालमा दक्ष जनशक्ति उत्पादन गर्न आइटी क्षेत्रमा थप लगानी बढाउनुपर्ने नेता थापाले बताए।

विद्यार्थीहरूले विकास गरेको एआई प्रविधि, साइबर सेक्युरिटी, क्लाउड, तथा आई.ओ.टी प्रविधिमा अवलोकन कर्ताहरूको चासो देखिएको लर्ड बुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष इ. पङ्कज जालाने बताए ।

फाउण्डेशनले विद्यार्थीको सिर्जनात्मक पक्षलाई अघि ल्याउने प्रयास गरेको अध्यक्ष जालानले बताए । विद्यार्थीलाई आत्मविश्वासी र व्यावसायिक रूपमा सक्षम बनाउन आइटी प्रोजेक्ट एक्स्पो आयोजना गरिएको अध्यक्ष जालानको भनाई छ ।

प्रदर्शनीमा विद्यार्थी, अभिभावक, शिक्षक तथा सूचना प्रविधिमा रुचि राख्ने विभिन्न क्षेत्रका व्यत्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । प्रदर्शनीमा कलेजका विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्स एआइमा आधारित प्रविधिको विकास, ह्याकिङबाट बच्ने सुरक्षात्मक प्रणाली, शैक्षिक व्यवस्थापन प्रणाली जस्ता नवीनतम प्रविधिको सफल प्रदर्शन गरेका थिए ।

लर्डबुद्ध एजुकेशन फाउण्डेशनले हरेक वर्ष सिर्जनात्मक गतिविधिको माध्यमबाट विद्यार्थीलाई नयाँ खोज र प्रयोगमा प्रेरित गर्दै आएको छ । पछिल्लो प्रदर्शनीले पनि नेपालको आइटी शिक्षामा निहित क्षमतालाई उजागर गर्दै देशभित्रै नवप्रवर्तन गर्न सकिने सम्भावनालाई बलियो बनाएको अध्यक्ष जालानको भनाई छ ।

प्रकाशित मिति : ६ भदौ २०८२, शुक्रबार  ७ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ