२४ पुस २०८२, बिहिबार । January 9, 2026

टप एण्ड टी-२० सिरिजमा नेपालको लगातार दोस्रो हार



काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो पराजय व्यहोरेको छ ।

शनिबार भएको खेलमा नेपाल बंगलादेश ‘ए’सँग २९ रनले पराजित भयो । १८४ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५४ रन मात्र बनाउन सक्यो । नेपालका कुशल मल्लले उत्कृष्ट प्रदर्शन गर्दै ४७ बलमा अविजित ५९ रनको अर्धशतक प्रहार गरे पनि टोलीलाई जित दिलाउन भने सकेनन् ।

बलिङतर्फ बंगलादेशका रकिबुल हसनले ३ विकेट लिए भने सेफ हसन, रिपोन मन्डल र मृत्युन्जय चौधरीले समान १–१ विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ६ विकेटको क्षतिमा १८३ रन जोडेको थियो । टोलीका ओपनर जिशाद आलमले आक्रामक खेल प्रस्तुत गर्दै ७१ रन बनाए भने अफिफ होसेन ४८ रनमा अविजित रहे ।

नेपालका लागि रिजन ढकालले २ विकेट लिन सफल भए भने नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले एक–एक विकेट लिए । यसअघि शुक्रबार भएको उद्घाटन खेलमा नेपाल एनटी स्ट्राइकसँग पराजित भएको थियो ।

अब नेपालले आगामी खेलमा मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ७ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले