१ आश्विन २०८३, बिहिबार । September 18, 2026

टप एण्ड टी–२० सिरिजः बंगलादेश ‘ए’ ले नेपाललाई दियो १८४ रनको लक्ष्य


३१ श्रावण २०८२, शनिबार  

15
Shares

काठमाडौं । टप इन्ड टी–२० सिरिज अन्तर्गत बंगलादेश ए विरुद्धको खेलमा नेपालले १८४ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश एले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८३ रन जोड्यो। टोलीका लागि जिशान आलमले सर्वाधिक ७१ रन प्रहार गरे भने अफिफ होसैनले अविजित ४८ रन योगदान गरे। त्यस्तै नैम शेखले २५ रन जोडे। बलिङतर्फ नेपालका रिजन ढकाल सर्वाधिक सफल रहे, उनले २ विकेट लिए।

करण केसी, नन्दन यादव र सन्दीप लामिछानेले एक–एक विकेट हात पारे। यसअघि पहिलो खेलमा नेपाल एनटी स्ट्राइकसँग पराजित भएको थियो भने बंगलादेश ए टोली पनि पाकिस्तान एसँग हारको सामना गरिसकेको छ। आजको खेलका लागि नेपालले तीन नयाँ खेलाडीलाई मौका दिएको छ।

शहाब आलम, सोमपाल कामी र रुपेश सिंहको स्थानमा करण केसी, नन्दन यादव र रिजन ढकाललाई प्लेइङ–११ मा सामेल गरिएको छ। नेपाली टिममा कप्तान रोहित पौडेल, उपकप्तान दिपेन्द्र सिंह ऐरीसहित सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, नन्दन यादव, करण केसी, रिजन ढकाल र लोकेश बम रहेका छन्।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ५ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ