२४ पुस २०८२, बिहिबार । January 9, 2026

टप एण्ड टी–२० सिरिजः बंगलादेश ‘ए’ ले नेपाललाई दियो १८४ रनको लक्ष्य



काठमाडौं । टप इन्ड टी–२० सिरिज अन्तर्गत बंगलादेश ए विरुद्धको खेलमा नेपालले १८४ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश एले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८३ रन जोड्यो। टोलीका लागि जिशान आलमले सर्वाधिक ७१ रन प्रहार गरे भने अफिफ होसैनले अविजित ४८ रन योगदान गरे। त्यस्तै नैम शेखले २५ रन जोडे। बलिङतर्फ नेपालका रिजन ढकाल सर्वाधिक सफल रहे, उनले २ विकेट लिए।

करण केसी, नन्दन यादव र सन्दीप लामिछानेले एक–एक विकेट हात पारे। यसअघि पहिलो खेलमा नेपाल एनटी स्ट्राइकसँग पराजित भएको थियो भने बंगलादेश ए टोली पनि पाकिस्तान एसँग हारको सामना गरिसकेको छ। आजको खेलका लागि नेपालले तीन नयाँ खेलाडीलाई मौका दिएको छ।

शहाब आलम, सोमपाल कामी र रुपेश सिंहको स्थानमा करण केसी, नन्दन यादव र रिजन ढकाललाई प्लेइङ–११ मा सामेल गरिएको छ। नेपाली टिममा कप्तान रोहित पौडेल, उपकप्तान दिपेन्द्र सिंह ऐरीसहित सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, नन्दन यादव, करण केसी, रिजन ढकाल र लोकेश बम रहेका छन्।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ५ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले