२८ चैत्र २०८२, शनिबार । April 12, 2026

टप एन्ड टी–२० सिरिजमा आज नेपाल र बंगलादेश ‘ए’ भिड्दै


३१ श्रावण २०८२, शनिबार  

42
Shares

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपालले आज दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ ।

डार्विनको मरारा क्रिकेट ग्राउण्ड–२ मा हुने खेल नेपाली समयअनुसार दिउँसो २:१५ बजे सुरु हुनेछ । नेपाललाई रोहित पौडेलले नेतृत्व गर्नेछन् भने बंगलादेश ‘ए’ को कप्तानी नुरुल हसनले सम्हाल्नेछन् ।

पहिलो खेलमा दुवै टोली पराजित भएका कारण आज दुवै पक्ष पहिलो जितको खोजीमा हुनेछन् । नेपाल एनटी स्ट्राइकसँग ४२ रनले हारेको थियो भने बंगलादेश ‘ए’ पाकिस्तान शाहीन्ससँग ७९ रनले पराजित भएको थियो ।

गत संस्करणको उपविजेता बंगलादेश ‘ए’ मा अन्तर्राष्ट्रिय अनुभवसम्पन्न र हालैको बंगलादेश प्रिमियर लिगमा चम्किएका खेलाडीहरू रहेका छन् ।

टप एन्ड टी–२० सिरिजमा ११ टोली सहभागी छन् । २४ अगस्टसम्म डार्विन र पामरस्टनमा हुने प्रतियोगितामा ३६ लिग खेल खेलेिनेछ । नेपालले यसपछि मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग भिड्नेछ ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ९ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व