२५ पुस २०८२, शुक्रबार । January 10, 2026

टप एन्ड टी–२० सिरिजमा आज नेपाल र बंगलादेश ‘ए’ भिड्दै



काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपालले आज दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ ।

डार्विनको मरारा क्रिकेट ग्राउण्ड–२ मा हुने खेल नेपाली समयअनुसार दिउँसो २:१५ बजे सुरु हुनेछ । नेपाललाई रोहित पौडेलले नेतृत्व गर्नेछन् भने बंगलादेश ‘ए’ को कप्तानी नुरुल हसनले सम्हाल्नेछन् ।

पहिलो खेलमा दुवै टोली पराजित भएका कारण आज दुवै पक्ष पहिलो जितको खोजीमा हुनेछन् । नेपाल एनटी स्ट्राइकसँग ४२ रनले हारेको थियो भने बंगलादेश ‘ए’ पाकिस्तान शाहीन्ससँग ७९ रनले पराजित भएको थियो ।

गत संस्करणको उपविजेता बंगलादेश ‘ए’ मा अन्तर्राष्ट्रिय अनुभवसम्पन्न र हालैको बंगलादेश प्रिमियर लिगमा चम्किएका खेलाडीहरू रहेका छन् ।

टप एन्ड टी–२० सिरिजमा ११ टोली सहभागी छन् । २४ अगस्टसम्म डार्विन र पामरस्टनमा हुने प्रतियोगितामा ३६ लिग खेल खेलेिनेछ । नेपालले यसपछि मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग भिड्नेछ ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ९ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले