२८ चैत्र २०८२, शनिबार । April 12, 2026

टप एन्ड टी–२० सिरिजमा निराशाजनक सुरुवात, एनटी स्ट्राइकसँग ४२ रनले पराजित


३० श्रावण २०८२, शुक्रबार  

39
Shares

काठमाडौं । टप एन्ड टी–२० सिरिजको पहिलो खेलमा नेपालले अपेक्षित प्रदर्शन गर्न नसक्दा ४२ रनको हार बेहोरेको छ।

यससँगै प्रतियोगितामा नेपालले निराशाजनक सुरुवात गरेको हो। अस्ट्रेलियाको डार्विनमा भएको खेलमा एनटी स्ट्राइकले दिएको १७८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रनमै सीमित भयो। टोलीका कुशल मल्लले सर्वाधिक ३४ रन जोडे भने गुलशन कुमार झाले २६, कप्तान रोहितकुमार पौडेलले २३ र दीपेन्द्रसिंह ऐरीले १९ रनको योगदान दिए। ओपनर आसिफ शेख ११ र कुशल भुर्तेल ८ रनमा आउट भए।

एनटी स्ट्राइकका बलर माट हामोन्ड सर्वाधिक सफल भए, उनले ३ विकेट झारे। त्यस्तै केन रिचार्डसन र टम एन्ड्र्युजले समान २–२ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ थालेको एनटी स्ट्राइकले २० ओभरमा ८ विकेटको क्षतिमा १७७ रन बनाएको थियो। टोलीका डी आर्सी सर्टले ३४ बलमा ५१ रनको आकर्षक पारी खेले। टम एन्ड्र्युजले ३२, जोर्डन सिल्कले १९ र कोन्नर कारोलले १८ रन बनाए।

नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। शहाब आलमले २ विकेट लिए भने रुपेश सिंह, दीपेन्द्रसिंह ऐरी र गुलशन कुमार झालाई समान १–१ विकेट प्राप्त भयो।

अब नेपालले शनिबार हुने दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग भिड्नेछ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ५ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व