एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले युइएफए सुपर कप फुटबलको उपाधि आफ्नो नाममा पारेको छ।
बुधबार राति भएको फाइनलमा इंग्लिस क्लब टोटनहामलाई टाइब्रेकरमा पराजित गर्दै पीएसजी विजेता बनेको हो। ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि सिधै टाइब्रेकरमा पुगेको निर्णायक क्षणमा पीएसजीले उत्कृष्ट प्रदर्शन गर्यो। टाइब्रेकरमा पीएसजीका भिटिन्हाले एक प्रहार असफल गर्दा टोटनहामका मिकी भान डे भेन र माथिस तेलले गोल गर्न चुके, जसको फाइदा पीएसजीले लियो।
निर्धारित समयमा टोटनहामले पहिलो हाफमै दबदबा जमाएको थियो। ३९औं मिनेटमा भान डे भेन र ४८औं मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै टोटनहामलाई २–० को अग्रता दिलाएका थिए। तर, अन्तिम ५ मिनेटमा खेलको तस्वीर पल्टियो। ८५औं मिनेटमा ली काङ इनले गोल गर्दै अन्तर घटाए भने इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले बराबरी गोल गरे।
गत सिजनको च्याम्पियन्स लिग विजेता पीएसजी र यूरोपा लिग विजेता टोटनहामबीच भएको यो भिडन्त सुपर कपको नियमअनुसार आयोजना गरिएको हो।







प्रतिक्रिया