१ आश्विन २०८३, बिहिबार । September 18, 2026

टोटनहामलाई टाइब्रेकरमा हराउँदै पीएसजीले जित्यो युइएफए सुपर कपको उपाधि


२९ श्रावण २०८२, बिहिबार  

12
Shares

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले युइएफए सुपर कप फुटबलको उपाधि आफ्नो नाममा पारेको छ।

बुधबार राति भएको फाइनलमा इंग्लिस क्लब टोटनहामलाई टाइब्रेकरमा पराजित गर्दै पीएसजी विजेता बनेको हो। ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि सिधै टाइब्रेकरमा पुगेको निर्णायक क्षणमा पीएसजीले उत्कृष्ट प्रदर्शन गर्‍यो। टाइब्रेकरमा पीएसजीका भिटिन्हाले एक प्रहार असफल गर्दा टोटनहामका मिकी भान डे भेन र माथिस तेलले गोल गर्न चुके, जसको फाइदा पीएसजीले लियो।

निर्धारित समयमा टोटनहामले पहिलो हाफमै दबदबा जमाएको थियो। ३९औं मिनेटमा भान डे भेन र ४८औं मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै टोटनहामलाई २–० को अग्रता दिलाएका थिए। तर, अन्तिम ५ मिनेटमा खेलको तस्वीर पल्टियो। ८५औं मिनेटमा ली काङ इनले गोल गर्दै अन्तर घटाए भने इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले बराबरी गोल गरे।

गत सिजनको च्याम्पियन्स लिग विजेता पीएसजी र यूरोपा लिग विजेता टोटनहामबीच भएको यो भिडन्त सुपर कपको नियमअनुसार आयोजना गरिएको हो।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहिबार  १० : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ