२६ पुस २०८२, शनिबार । January 10, 2026

टोटनहामलाई टाइब्रेकरमा हराउँदै पीएसजीले जित्यो युइएफए सुपर कपको उपाधि



एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले युइएफए सुपर कप फुटबलको उपाधि आफ्नो नाममा पारेको छ।

बुधबार राति भएको फाइनलमा इंग्लिस क्लब टोटनहामलाई टाइब्रेकरमा पराजित गर्दै पीएसजी विजेता बनेको हो। ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि सिधै टाइब्रेकरमा पुगेको निर्णायक क्षणमा पीएसजीले उत्कृष्ट प्रदर्शन गर्‍यो। टाइब्रेकरमा पीएसजीका भिटिन्हाले एक प्रहार असफल गर्दा टोटनहामका मिकी भान डे भेन र माथिस तेलले गोल गर्न चुके, जसको फाइदा पीएसजीले लियो।

निर्धारित समयमा टोटनहामले पहिलो हाफमै दबदबा जमाएको थियो। ३९औं मिनेटमा भान डे भेन र ४८औं मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै टोटनहामलाई २–० को अग्रता दिलाएका थिए। तर, अन्तिम ५ मिनेटमा खेलको तस्वीर पल्टियो। ८५औं मिनेटमा ली काङ इनले गोल गर्दै अन्तर घटाए भने इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले बराबरी गोल गरे।

गत सिजनको च्याम्पियन्स लिग विजेता पीएसजी र यूरोपा लिग विजेता टोटनहामबीच भएको यो भिडन्त सुपर कपको नियमअनुसार आयोजना गरिएको हो।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहिबार  १० : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले