२६ पुस २०८२, शनिबार । January 11, 2026

महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि क्यानको आह्वान



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि इच्छुक कम्पनी वा संस्थाबाट प्रस्ताव माग गरेको छ।

क्यानका अनुसार प्रायोजन रकम न्यूनतम वार्षिक ६० लाख रुपैयाँ तोकिएको छ। प्रायोजन अवधि ३ वर्ष रहनेछ भने आवश्यकता अनुसार आपसी सहमतिमा थप गर्न सकिने उल्लेख गरिएको छ। सम्झौता अन्तर्गत प्रायोजक ब्रान्डको लोगो टोलीको जर्सीको अगाडिको भागमा राखिनेछ।

क्यानले जारी गरेको सूचनाअनुसार, प्रस्ताव पेश गर्न इच्छुकले भदौ १४ गते बिहान ११ बजेभित्र आवेदन दिनुपर्नेछ। साथै, आवेदनका साथ ३० हजार रुपैयाँ धरौटी रकम समेत बुझाउनुपर्नेछ। आवेदन दिने संस्थाले कम्पनी दर्ता प्रमाणपत्र, भ्याट/प्यान प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, व्यवसाय सञ्चालन इजाजतपत्र, कम्पनी प्रोफाइल र विगतमा गरेको प्रायोजनको अनुभव (यदि भएमा) पनि पेस गर्नुपर्नेछ।

यसअघि, क्यानले पुरुष राष्ट्रिय टोलीको जर्सी प्रायोजनका लागि आवेदन मागेर नासा सेक्युरिटिजलाई प्रायोजक चयन गरिसकेको छ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १० : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले