१ आश्विन २०८३, बिहिबार । September 18, 2026

महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि क्यानको आह्वान


२८ श्रावण २०८२, बुधबार  

15
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि इच्छुक कम्पनी वा संस्थाबाट प्रस्ताव माग गरेको छ।

क्यानका अनुसार प्रायोजन रकम न्यूनतम वार्षिक ६० लाख रुपैयाँ तोकिएको छ। प्रायोजन अवधि ३ वर्ष रहनेछ भने आवश्यकता अनुसार आपसी सहमतिमा थप गर्न सकिने उल्लेख गरिएको छ। सम्झौता अन्तर्गत प्रायोजक ब्रान्डको लोगो टोलीको जर्सीको अगाडिको भागमा राखिनेछ।

क्यानले जारी गरेको सूचनाअनुसार, प्रस्ताव पेश गर्न इच्छुकले भदौ १४ गते बिहान ११ बजेभित्र आवेदन दिनुपर्नेछ। साथै, आवेदनका साथ ३० हजार रुपैयाँ धरौटी रकम समेत बुझाउनुपर्नेछ। आवेदन दिने संस्थाले कम्पनी दर्ता प्रमाणपत्र, भ्याट/प्यान प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, व्यवसाय सञ्चालन इजाजतपत्र, कम्पनी प्रोफाइल र विगतमा गरेको प्रायोजनको अनुभव (यदि भएमा) पनि पेस गर्नुपर्नेछ।

यसअघि, क्यानले पुरुष राष्ट्रिय टोलीको जर्सी प्रायोजनका लागि आवेदन मागेर नासा सेक्युरिटिजलाई प्रायोजक चयन गरिसकेको छ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १० : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ