२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

देशभर मनसुन सक्रिय, सातै प्रदेशमा भारी वर्षाको सम्भावना


२८ श्रावण २०८२, बुधबार  

72
Shares

काठमाडौं । देशभरको मौसम अहिले सामान्यतया बदली छ ।

मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास रहेकाले आगामी दुई दिनसम्म यसको प्रभाव अझ बढ्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ। हाल कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा भइरहेको छ भने अन्य प्रदेशका एक–दुई स्थानमा पनि वर्षा भइरहेको छ। कोशी प्रदेशका केही भागमा भारी वर्षा समेत मापन भएको छ।

आज दिउँसो देशभर आकाश पूर्ण रूपमा बादलले ढाकिनेछ। अधिकांश क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ भने कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा र एक–दुई स्थानमा अत्यधिक भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा पूर्ण बदली रहनेछ भने बाँकी क्षेत्रमा सामान्य बदली हुनेछ। यी प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, सुदूरपश्चिम प्रदेशका केही भागमा भारीदेखि अत्यधिक भारी वर्षा र लुम्बिनी, गण्डकी तथा कर्णालीका पहाडी भूभागमा भारी वर्षा हुने चेतावनी दिइएको छ।

मनसुन सक्रिय भइसकेकाले सातै प्रदेशमा वर्षा बढ्ने सम्भावना उच्च रहेको भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ९ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ