काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा १,३०० रुपैयाँले घटेको छ।
सोमबार प्रतितोला १ लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको दर मंगलबार घटेर १ लाख ९६ हजार ८०० रुपैयाँमा पुगेको हो। सुनसँगै चाँदीको मूल्यमा पनि कमी आएको छ।
सोमबार प्रतितोला २ हजार ३१५ रुपैयाँमा रहेको चाँदी मंगलबार घटेर २ हजार ३०५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।







प्रतिक्रिया