१३ फाल्गुन २०८२, बुधबार । February 26, 2026

जाजरकोटमा एम्बुलेन्स दुर्घटना, चालकको घटनास्थलमै मृत्यु



काठमाडौं । जाजरकोटको भेरी नगरपालिका–१ कोल्चौर नजिक गए राति भएको एम्बुलेन्स दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको छ।

राति करिब १ बजे कल्ले खोलामा खसेको एम्बुलेन्सका चालक २७ वर्षीय सुनिल चनारा, भेरी नगरपालिका–१ डौँरीकाँडाका बासिन्दा,को मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, खलङ्गाबाट डौँरीकाँडा बिरामी लिन जाँदै गरेको भे १ च २२४७ नम्बरको, उदय युवा क्लब मुसिकोट–१३को नाममा दर्ता भएको एम्बुलेन्स, उकालो चढ्ने क्रममा भित्तामा ठोक्किएर करिब २०० मिटर तल खसेको हो।

अस्थायी प्रहरी चौकी होलुखोलाका प्रहरी नायब निरीक्षक बीरबहादुर थापाले बिहान घाँस काट्न जाने क्रममा स्थानीयले दुर्घटनाबारे थाहा पाएर प्रहरीलाई खबर गरेको जानकारी दिएका छन्।

घटनापछि प्रहरीले मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाउने तयारी गरेको छ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  १० : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा