२९ चैत्र २०८२, आइतबार । April 12, 2026

नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सीको मुख्य प्रायोजक नासा सेक्युरिटिज


२५ श्रावण २०८२, आइतबार  

12
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको आधिकारिक जर्सीमा अब नासा सेक्युरिटिजको लोगो देखिने भएको छ।

आइतबार नेपाल क्रिकेट संघ (क्यान) र नासा सेक्युरिटिजबीच भएको सम्झौतापछि यो सहकार्य औपचारिक भएको हो। सम्झौतासँगै नयाँ जर्सीको सार्वजनिक विमोचन समेत गरिएको थियो। राखेप सदस्य–सचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुर बहादुर चन्द र नासा सेक्युरिटिजका म्यानेजिङ डिरेक्टर मदन पौडेलले संयुक्त रूपमा नयाँ जर्सी अनावरण गरे।

सम्झौतापत्रमा क्यान अध्यक्ष चन्द, क्यानका जनरल म्यानेजर उत्सव ढुंगाना, नासा सेक्युरिटिजका म्यानेजिङ डिरेक्टर पौडेल र कम्पनीका अनिल श्रेष्ठले हस्ताक्षर गरेका छन्।

यो साझेदारीसँगै नासा सेक्युरिटिजले नेपाली क्रिकेटको यात्रामा साथ दिने मात्र होइन, टिमको पहिचानमा पनि आफ्नो उपस्थिति दर्ज गराएको छ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ५ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व