२६ पुस २०८२, शनिबार । January 11, 2026

नेपाल यू–२० महिला टिमको एसियन कप यात्रा समाप्त ! कोरियासँग लज्जास्पद हार



काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपालले उत्तर कोरियासँग ११–० को भारी हार बेहोरेको छ।

भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा बलियो प्रतिद्वन्द्वी उत्तर कोरियाले पहिलो हाफमै ५ गोल गर्दै स्पष्ट अग्रता बनाएको थियो। दोस्रो हाफमा थप ६ गोल गर्दै उत्तर कोरियाले आफ्नो जितलाई अझ सुदृढ बनायो।

यस जितसँगै उत्तर कोरियाले समूहका सबै तीन खेल जित्दै ९ अंक हासिल गर्‍यो र समूह विजेता बनेर अर्को वर्ष थाइल्याण्डमा हुने एसियन कपको अन्तिम चरणमा स्थान पक्का गर्‍यो। साविक विजेता समेत रहेको उत्तर कोरियाले छनोट चरणमा ३६ गोल गरेको छ र एक गोल पनि खानु परेन।

नेपालका लागि भने यो छनोटको पहिलो हार हो, तर यस हारसँगै अन्तिम चरणमा पुग्ने सम्भावना समाप्त भएको छ। नेपालले तीन खेलबाट ४ अंक मात्र जोड्न सफल भयो। पहिलो खेलमा भुटानसँग १–१ को बराबरी खेलेको नेपालले दोस्रो खेलमा साउदी अरेबियामाथि १–० को जित हासिल गरेको थियो।

नियम अनुसार ८ समूहका विजेता सिधै अन्तिम चरणमा पुग्नेछन्, भने उपविजेतामध्ये उत्कृष्ट ३ टोलीले पनि स्थान बनाउनेछन्। तर, अन्य समूहका दोस्रो स्थानमा रहेका टोलीसँग तुलना गर्दा नेपालको ४ अंक पर्याप्त भएन।

नेपालले प्रारम्भिक लक्ष्यमा भुटान र साउदीलाई हराउँदै उत्तर कोरियासँग बराबरी खेल्दै छनोट हुने आशा राखेपनि, त्यो सपना पूरा हुन सकेन।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ५ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले