२ माघ २०८२, बिहिबार । January 15, 2026

आर्यघाटमा जल्दै गरेको शवबाट हड्डी चोरी ! एक जना पक्राउ



काठमाडौं । पशुपति आर्यघाटमा जलिरहेको शवबाट हड्डी निकालेर बिक्री गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्ने व्यक्ति आर्यघाटमा लामो समयदेखि घाटे (शव जलाउने काम गर्ने)को रूपमा कार्यरत गणेश ढकाल हुन्। प्रहरी वृत्त गौशालाका प्रमुख डीएसपी शुकदेव खनालका अनुसार, शुक्रबार काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका–९ निवासी राम शाहीको शव आर्यघाटमा दाहसंस्कार भइरहेको बेला ढकालले शव पूर्णरूपमा नजल्दै केही हड्डीका टुक्रा निकालेको मलामीले देखेका थिए। उक्त घटनाबारे उजुरी परेपछि प्रहरीले ढकाललाई नियन्त्रणमा लिएको हो।

“पूछताछमा ढकालले हड्डी निकालेर एक जोगीलाई बेचेको स्वीकार गरेका छन्,” डीएसपी खनालले बताए, “तर दृष्टि कमजोर भएको कारण कसलाई बेचे भन्ने ठ्याक्कै चिन्न नसकेको बताएका छन्।”

ढकालका अनुसार, उनले हड्डी तीनदेखि चार सय रुपैयाँमा बिक्री गरेका थिए। हाल उनलाई कुन अपराधअन्तर्गत कारबाही गर्ने भन्नेबारे सरकारी वकिलसँग छलफल भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  २ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले