१२ असार २०८३, शुक्रबार । June 26, 2026

आर्यघाटमा जल्दै गरेको शवबाट हड्डी चोरी ! एक जना पक्राउ


२५ श्रावण २०८२, आइतबार  

30
Shares

काठमाडौं । पशुपति आर्यघाटमा जलिरहेको शवबाट हड्डी निकालेर बिक्री गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्ने व्यक्ति आर्यघाटमा लामो समयदेखि घाटे (शव जलाउने काम गर्ने)को रूपमा कार्यरत गणेश ढकाल हुन्। प्रहरी वृत्त गौशालाका प्रमुख डीएसपी शुकदेव खनालका अनुसार, शुक्रबार काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका–९ निवासी राम शाहीको शव आर्यघाटमा दाहसंस्कार भइरहेको बेला ढकालले शव पूर्णरूपमा नजल्दै केही हड्डीका टुक्रा निकालेको मलामीले देखेका थिए। उक्त घटनाबारे उजुरी परेपछि प्रहरीले ढकाललाई नियन्त्रणमा लिएको हो।

“पूछताछमा ढकालले हड्डी निकालेर एक जोगीलाई बेचेको स्वीकार गरेका छन्,” डीएसपी खनालले बताए, “तर दृष्टि कमजोर भएको कारण कसलाई बेचे भन्ने ठ्याक्कै चिन्न नसकेको बताएका छन्।”

ढकालका अनुसार, उनले हड्डी तीनदेखि चार सय रुपैयाँमा बिक्री गरेका थिए। हाल उनलाई कुन अपराधअन्तर्गत कारबाही गर्ने भन्नेबारे सरकारी वकिलसँग छलफल भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  २ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर