२६ पुस २०८२, शनिबार । January 11, 2026

यू–१७ साफ महिला च्याम्पियनसिपका लागि २३ सदस्यीय टोली घोषणा



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी यू–१७ साफ महिला च्याम्पियनसिप २०२५का लागि अन्तिम २३ खेलाडीको सूची सार्वजनिक गरेको छ।

आइतबार सार्वजनिक भएको सूचिमा तीन गोलकिपर, आठ डिफेन्डर, पाँच मिडफिल्डर, तीन विङ्गर र चार फरवार्ड खेलाडी समावेश छन्। गोलकिपर पोजिसनमा झरना डुम्राकोटी, लक्ष्मी ओली र गंगा गुरुङ चयन भएका छन्। डिफेन्स लाइनमा दीक्षा रायमाझी, मिन माया श्रेष्ठसहित आठ खेलाडीको नाम समावेश छ।

मिडफिल्डमा अंशु विक, कृतिशा तामाङ, साहारा लिम्बु लगायत पाँच खेलाडी रहेका छन्। फरवार्डतर्फ सिर्जना बडुवाल, अस्मिता मगर, पर्वतकी यमकुमारी विक र अनिता राना मगरले स्थान पाएका छन्।

एन्फाको यो टोलीले साफ महिला यू–१७ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  २ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले