२९ चैत्र २०८२, आइतबार । April 12, 2026

एनपीएल अक्सनः पवन सर्राफलाई १५ लाखमा कर्णाली याक्सले किन्यो


२४ श्रावण २०८२, शनिबार  

12
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा मधेश प्रदेशका क्रिकेटर पवन सर्राफ कर्णाली याक्सबाट खेल्ने भएका छन्।

शनिबार काठमाडौंमा सम्पन्न मिनी अक्सनमार्फत कर्णालीले पवनलाई आफ्नो टोलीमा भित्र्याएको हो। ‘ए’ श्रेणीका खेलाडीमा परेका पवनका लागि कर्णालीले अधिकतम १५ लाख रूपैयाँ खर्च गरेको छ। अक्सनमा अन्य क्लबहरूले पनि उनीप्रति चासो देखाएका थिए, तर गोलाप्रथामा कर्णालीले अन्ततः बाजी मार्यो।

एनपीएलको अक्सनमा ‘ए’ श्रेणीका खेलाडीको न्यूनतम मूल्य १० लाख र अधिकतम मूल्य १५ लाख रूपैयाँ तोकिएको थियो। यस श्रेणीमा कुल आठ खेलाडी सहभागी थिए। यस संस्करणका लागि अक्सनमा भाग लिने क्लबहरूमा जकपुर बोल्ट्स (पछिल्लो संस्करणका विजेता), काठमाडौं गोर्खाज, कर्णाली याक्स, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स (साविक उपविजेता), लुम्बिनी लायन्स, विराटनगर किङ्स र पोखरा एभेन्जर्स समावेश छन्।

त्यस्तै, ‘बी’ श्रेणीका खेलाडीको मूल्य पाँचदेखि १० लाखसम्म र ‘सी’ श्रेणीका खेलाडीको मूल्य दुईदेखि पाँच लाख रूपैयाँसम्म निर्धारण गरिएको छ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ५ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व