२९ चैत्र २०८२, आइतबार । April 12, 2026

एनपीएल अक्सनः सूर्य तामाङ विराटनगर किङ्समा अनुबन्धित


२४ श्रावण २०८२, शनिबार  

18
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा डिफेन्डर सूर्य तामाङ विराटनगर किङ्सबाट मैदानमा उत्रिने भएका छन्।

शनिबार काठमाडौंमा सम्पन्न मिनी अक्सनमार्फत विराटनगरले उनलाई आफ्नो टोलीमा भित्र्याएको हो। ‘बी’ श्रेणीमा सूचीकृत तामाङका लागि क्लबले अधिकतम रकम १० लाख रूपैयाँ खर्च गरेको छ। यस श्रेणीमा खेलाडीहरूको मूल्य सीमा न्यूनतम पाँच लाखदेखि अधिकतम १० लाख रूपैयाँसम्म निर्धारण गरिएको छ।

यस पटकको अक्सनमा सहभागी टिमहरूमा साविक विजेता जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, कर्णाली याक्स, चितवन राइनोज, साविक उपविजेता सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, विराटनगर किङ्स र पोखरा एभेन्जर्स रहेका थिए।

एनपीएलमा खेलाडी मूल्य निर्धारण तीन श्रेणीमा विभाजन गरिएको छ — ‘ए’ श्रेणीका लागि १० देखि १५ लाख, ‘बी’ श्रेणीका लागि पाँचदेखि १० लाख, र ‘सी’ श्रेणीका लागि दुईदेखि पाँच लाख रूपैयाँसम्मको सीमा तय गरिएको छ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ४ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व